Nepali Community

Sunday, November 13, 2022

यो शरिर

यो शरिर

यो शरिर तिम्रै मन्दिर हो
यो मन्दिरमा वास गर्नुहोस्
गुन्जियोस् आराधना तिम्रै नै
यो मन्दिरमा राज गर्नुहोस्

आउनुहोस् आउनुहोस्
जीवनले मलाई भर्नुहोस्
यो शरिर तिम्रै मन्दिर हो
यो मन्दिरमा वास गर्नुहोस्

माटो भाँडो हुँ म
कुमाले तपाईं
येशूको सुन्दरताले
भर्नुहोस् मलाई ×२

तपाईंको आकारमा बद्लिदै जाँदैछु म 
यो शरिर तिम्रै मन्दिर हो
यो मन्दिरमा वास गर्नुहोस्

फूट्दै जाँदा यो माटोको भाँडो
पोखियोस् महिमा येशू तपाईंको
फूट्दै जाँदा यो माटोको भाँडो
पोखियोस् महिमा येशू तपाईंको

टुटेको यो मन स्वर्गकै हो धन् ×२
सिंहासन होस् येशूको मेरो जीवन

यो शरिर तिम्रै मन्दिर हो
यो मन्दिरमा वास गर्नुहोस्
गुन्जियोस् आराधना तिम्रै नै
यो मन्दिरमा राज गर्नुहोस्

Official video: Yo sarir

No comments:

पुराना विश्वासहरू वैज्ञानिक दृष्टिकोणमा अनि यसको महत्त्व

पुराना विश्वासहरू हाम्रा समाजका महत्वपूर्ण अंशहरू हुन्, तर आधुनिक विज्ञानले यी विश्वासहरूलाई एक नयाँ दृष्टिकोणले हेरिएको छ। वैज्ञानिक दृष्टि...